Comments Add Comment

बाघको छालासहित सुर्खेतमा एक पक्राउ

११ जेठ, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बाघको छालासहित गुर्भाकोट नगरपालिका-१३ गुमीका गान्दी आचार्यलाई विहीबार पक्राउ गरेको हो ।

आचार्यले कोठामा सजाएर राखेको अवस्थामा ६ फिट ५ इन्च लम्बाई र १ फिट ८ इन्च चौडाई भएको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छालासहित पक्राउ परेका आचार्य र बाघको छाला प्रहरीले जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पाँच वर्ष अगाडि सिम्तामा काफल खान गएका आचार्यले पाँच हजारमा छाला किनेको खुलेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघको छाला कारोवार गर्नेलाई ५ वर्षदेखि १५ वर्ष कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवना हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment