Comments Add Comment

मोरङमा उम्मेदवार छान्न दलहरुलाई सकस

उम्मेदवारको टुङगो लगाउनेमा माओवादी अगाडि

जेठ १२, विराटनगर । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि मोरङका राजनीतिक दलहरु उम्मेदवार छान्न ब्यस्त देखिएका छन् ।

उम्मेदवार छनौटमा ब्यस्त भएका दलहरुलाई विराटनगर महानगरपालिका र केही नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार छान्न सकस देखिएको छ ।

१७ वटा स्थानीय तह रहेको मोरङमा मुख्य गरी बिराटनगर महानगरमा उम्मेदवार छान्न दलहरुलाई सकम देखिएको छ । अन्य स्थानीय तहमा भने दलहरुले उम्म्दवार छान्ने कामलाई तीव्रता दिएका छन् ।

अहिलेसम्म उम्मेदवारको टुङगो लगाउनेमा माओवादी केन्द्र अगाडि देखिएको छ । माओवादी केन्द्रले दुई वटा स्थानीय तह बाहे १५ वटा स्थानीय तहमा मेयर/उपमेयर तथा अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको टुङो लगाएको छ ।

यस्तै एमाले ३ नगरपालिका र ५ गाउँपालिकामा उम्मेदवारको टुगो लगाएको छ । त्यसैगरी राप्रपाले दुई नगरपालिकामा प्रमुखको टुगंो लगाएको छ भने काग्रेसले भने हालसम्म १७ मध्ये कुनैमा पनि उम्मेदवारको टुङगो लगाउन सकेको छैन ।

काग्रेस र एमालेमा धेरै आकाक्षी भएकाले उम्मेदवारको टुंगो लगाउन ती दलहरुलाई सकस परेको छ ।

माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिका भएको अवस्थामा मेयरमा भोग्रेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेदवार घोषणा गरेको थियो । अहिले महानगरपालिका बनेपछि मेयर र उपमेयर परिवर्तनको चर्चा समेत हुन थालेको छ ।

कुन स्थानीय तहमा को उम्मेदवार ?

माओवादीले उर्लाबारी नगरपालिको मेयरमा राजेश पौडेललाई अघि सारेको छ भने उपमेयरमा टुङ्गो लगाएको छैन ।

एमालेले भने उर्लाबारी नगरपालिकाको मेयरमा भुपाल जिमि र उपमेयरमा लक्ष्मी भण्डारीलाई उम्मेदवार वनाएको छ ।

रंगेली नगरपालिकामा एमालेका तर्फबाट मेयरमा सन्तोष साह र उपमेयरमा उषा ठाकुर उम्मेदवबार ननेका छन् भने माओवादी केन्द्रका तर्फबाट दिलिप अग्रवाल मेयर र केशवकुमारी खराललाई उपमेयरको उम्मेदवार बनेका छन् ।

एमालेले सुनवषर्ी नगरपालिकाको मेयरमा हसन इमाम बक्स एव उपमेयरमा मीरादेबी दासलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले मेयरमा श्याम राजवंशीलाई उम्मेदवार वनाएको छ भने उपमेयरको टुङो लगाउन बाँकी रहेको छ ।

त्यसैगरी कानेपोखरी गाउँपालिकाको एमालेका तर्फबाट अध्यक्षमा ताराबहादुर काˆले र उपाध्यक्षमा राजकुमारी ईङ्नाम उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले भने सूर्य धिमाललाई अध्यक्षको उम्मेदवार बनाएको छ । उपप्रमुखको टुङो नलागेको माओवादीले जनाएको छ ।

एमालेले धनपालथान गाउपालिकाको अध्यक्षमा मुसहरु मन्डल र उपाध्यक्षमा उपासी राजबंसीलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले विक्रम पासवानलाई अध्यक्ष बनाएको छ । तर,उपाध्यक्षको टुङगो लागेको छैन ।

एमालेले ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र उपाध्यक्षमा गुणावती धामीलाई उम्मेदवार वनाएको छ भने माओवादी केन्द्रको तर्फवाट रमेश भवत थारु अध्यक्ष र उपाध्यक्षमा रेनुका चौधरी थारु उम्मेदवबार बनेका छन् ।

एमालेले कटहरी गाउँपालिकाको अध्यक्षमा मुक्ति राजवंशी र उपाध्यक्षमा सुनिता सरदारलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले कटहरी गाउँपालिकाको अध्यक्षमा भोग्न्द्र यादवलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा भने टुङ्गो लगाउन बाँकी छ ।

एमालेले केराबारी गाउँपालिकको अध्यक्षमा नविन थापामगर र उपाध्यक्षमा शान्ति लिम्बूलाई उम्मेदवबार बनाएको छ । यहाँ माओवादी केन्द्रको तर्फवाटउम्मेदवारको टुङगो लागेको छैन ।

माओवादी केन्द्रले पथरी शनिश्चरे नगरपालिकाको मेयरमा जहमान लिम्वु र उपमेयरमा राधिका गौतमलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

राप्रपाले पनि पथरी शनिश्चरे नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । यहाँ मेयरमा हेमा ढुगनालाई राप्रपाले उम्मेदवार बनाएको छ ।
यस्तै बेलबारी नगरपालिकाको मेयरमा माओवादीले तिलक राई र उपमेयरमा सुशीला भट्टराईलाई उम्मेदवार वनाएको छ ।

रतुवामाई नगरपालिकामा माओवादी केन्द्रलेे मेयरमा प्रकाश पौडेल र उपमेयरमा जुवा स्वरेनलाई उम्मेदवबार बनाएको छ ।

सुनवर्षी नगरपालिको मेयरमा माओवादी केन्द्रका तर्फवाट श्याम राजवशी रहेका छन भने उपमेयरको टुगो लाग्न वाकी रहेको छ ।

प्रपाको तर्फवाट मेयरमा जवुरुदिन मिया उम्मेदवार वनेका छन ।

जदाहा गाउँपालिकामा माओवादीका तर्फबाट राजकुमार यादवलाई मेयरका रुपमा अघि सारिएको छ भने उपमेयरको टुङो लाग्न बाँकी छ ।

लेटाङ नगरपालिकामा मोओवादी केन्द्रको तर्फवाट मेयर र उपमेयरमा गोपाल नेपाली र शान्ता राई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादीका तर्फबाट प्रम विभक लिम्वु रहेका छन भने उपाध्यक्षका् उम्मेदवारको टुगो लाग्न बाँकी छ ।

मोरङ जिल्लामा एक महानगरपालिका सहित ८ नगरपालिका एव ८ गाउँपालिका गरी १७ वठा स्थानीय तह रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment