Comments Add Comment

आशा थिएन आमा बन्ने, तर एकसाथ जन्मिए ६ बच्चा

अमेरिकाको रिचमन्डमा बस्ने यो जोडीले पछिल्लो १७ वर्षदेखि आमा बाबु बन्न लामो प्रतिक्षा गरिरह्यो । अन्ततः ११ मे २०१७ का दिन यो दम्पतिको खुसीको ठेगाना रहेन, जब उनीहरुले पहिलोपटक सन्तान लाभ गरे ।

वास्तवमा उनीहरुले बच्चा जन्मिने आशा मारिसकेका थिए । तर आखिर जे हुनु न थियो, त्यो भैहाल्यो । नाइजेरियाली मुलकी पत्नी अजिबोला ताइवो र पति एडबोय लामो प्रतिक्षापछि आमाबुवा बने । तर एकसाथ ६ बच्चाको ।

पहिलोपटक गत नोभेम्बरमा अजिबोलाको गर्भमा रहेको बच्चाको धड्कन सुनेका थिए उनीहरुले अल्ट्रासाउण्डका क्रममा । सुरुमा पेटमा चारवटा बच्चा रहेको जानकारी उनीहरुले पाएका थिए । तर रहेछन् ६ वटा । गर्भ रहेको कुराले खुसीको ठेगान थिएन ।

अन्ततः गत मे ११ का दिन अजिबोला सुत्केरी भइन्, एकसाथ ६ वटा बच्चा जन्माइन् । जसमध्ये ३ वटा छोरा र ३ वटा छोरी थिए ।

३० हप्ता २ दिनको गर्भपछि रिचमन्डको बाल अस्पतालमा ४० जना डाक्टरहरुले अथक शल्यक्रिया गरी अजिबोलाको पेटमा रहेका ६ बच्चा निकालेका थिए । तर दुखको कुरा बच्चाहरुको तौल अत्यन्तै कम थियो । बच्चाहरुको तौल सात सय ग्राम देखि डेढ किलो सम्म मात्र थियो । दुई जना बच्चाको स्वास्थ्य अवस्था त निकै नाजुक थियो ।

तर बाल अस्पतालमा आमा र बच्चाको राम्रो उपचार तथा हेरचाह भयो र ती बच्चाहरु पनि बाँच्न र हुर्किन सफल भएका छन् । आमा र बच्चा अहिले पूर्णरुपमा स्वस्थ भैसकेका छन् र अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment