Comments Add Comment

माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातियोः देबी ज्ञवाली

१५ जेठ, चितवन । भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले दाबी गरेका छन् ।

यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको आरोपसमेत उनले लगाए ।

मतगणनास्थल कभर्डहलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ज्ञवालीले भने, ‘हार्ने निश्चित भइसकेपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको छ र राज्यसत्ताको दुरुपयोग गरिएको छ ।’

माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमालेको आरोप छ । कांग्रेस र माओवादीका नेताहरुले भने एमाले प्रतिनिधिहरुले मतपत्र च्यातेको दावी गर्दै आएका छन् ।

माओवादी उम्मेदवार रेणु दाहालले देबी ज्ञवालीसँगको मतअन्तर घटाउँदै लगेकी थिइन् ।

मध्यरातमा मतपत्र च्यातिएपछि स्थिति तनावपूर्ण भएको थियो । यो घटनापछि मतगणनाको वातावरण विग्रिएको भन्दै निर्वाचन अधिकृतले पनि मतगणना अनिश्चितकालसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस् 

भरतपुरको मतगणनास्थलमा तनाव, माओवादी प्रतिनिधिले मतपत्र च्याते

मुख्य निर्वाचन अधिकृतले भने– म पिसाब फेर्न गएकोबेला मतपत्र च्यातियो, अब छानबिन समिति बनाउँछौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment