Comments Add Comment

दाङ उच्च अदालत नजिकै बसमा आगजनी

१६ जेठ, दाङ । तुलसीपुरको उच्च अदालत नजिकै रोकिराखेको बसमा आगजनी भएको छ । ना ३ ख १४५१ नम्बरको बसमा मंगलबार बिहान साढे १० बजेतिर आगो लागेको हो ।

आगो लाग्नुको कारण खुलेको छैन । तुलसीपुर उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको छ ।

उक्त बस लामो समयदेखि रोकिराखेको र बिहान एक्कासी आगो लागेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment