Comments Add Comment

अमेरिका लैजाने भन्दै करोडौं ठग्ने तुलसा रिमाल पक्राउ

१९ जेठ, काठमाडौं । अमेरिका पठाइदिने भन्दै युवा युवतीसँग करोडौं रुपैयाँ असुलेर फरार भएकी तुलसा रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत नुवाकोटले ठगी प्रमाणित गरी सजाय तोकेपछि लुकी लुकी हिडिरहेको अवस्थामा रिमाललाई बालाजु प्रहरीले विहिवार साँझ माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई शुक्रबारै नुवाकोट जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी नायव उपरीक्षक शन्तोष तामाङले बताए । रिमाललाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

अमेरिका लैजाने भनेर लाखौं रुपैया लिएको तर, काम नगरी आफूहरु ठगिएको भन्दै काभ्रे भुम्लु सल्लेकी माया लामा र लम्जुङकी बिष्णु गुरुङले २ वर्षअघि अनलाइनखबरसमक्ष गुनासो गरेका थिए । अनलाइनखबरले माया र बिष्णु ठगिएको प्रकरण प्रमाणसहित बाहिर ल्याएपछि प्रहरीले तुलसा रिमाल, उनका पति ओमप्रकाश रिमाल र बुहारी सुशीला तिमल्सिनाको खोजी गरेको थियो ।

माया र बिष्णु जस्ता धेरैलाई ठगिसकेका रिमाल परिवार फरार भएपछि प्रहरीले नुवाकोट जिल्ला अदालतमा उनीहरु विरुद्ध ठगी मुद्धा दायर गरेको थियो । नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहीको इजलासले सुशीला तिमल्सिनालाई २ वर्ष कैद र ८ लाख बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

त्यस्तै तुलसा रिमाललाई ३ वर्ष कैद र ११ लाख ७७ हजार र ओमप्रकाश रिमाललाई ३ वर्ष कैद र स११ लाख ७७ हजार बिगो सजाय तोकेको थियो । उनीहरु मध्ये सुशीलालाई गत चैत २४ गते प्रहरीले पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा पेश गरेको थियो । उनी अहिले पुर्पक्षका सिलसिलामा नुवाकोट जिल्ला कारागारमा छिन् ।

अमेरिकामा व्यापार मेलामा लैजाने भन्दै प्रतिव्यक्ति २० लाख सम्म असुलेर उनीहरुले ४० जना भन्दा बढिलाई ठगेको अभियोग लागेको थियो ।

यो पनि पढ्नुस् 

माया र विष्णु भन्छन्-अमेरिका लान्छु भन्दै दलालले डुबाए (भिडियोसहित)

‘अमेरिकी धन्दा’ गर्ने गिरोहलाई राजनीतिक संरक्षण ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment