Comments Add Comment

निर्वाचन आयोगको गम्भीर लापरबाही, प्रचार सामग्रीमा महिलामाथि ‘अपमान’

२८ जेठ, काठमाडौं । निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसूचित गराउन छापेको मैथिली भाषाको जानकारी पुस्तिकामा महिलालाई ‘जनानी’ भनी अपमानित गरिएको छ । आयोगद्वारा मैथिलीमा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि जनानी शब्द प्रयोग गरिएको हो ।

मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनील मिश्रले जनानी शब्द मधेसमा महिलालाई होच्याएर बोल्न प्रयोग हुने हुँदा यसले महिलाको अपमान गर्ने बताए । मिश्रले भने, ‘यो शब्दको प्रयोग महिलालाई हेला गरेर बोलाउँदा गरिन्छ, यसकारण जानकारी पुस्तिकामा यो राख्दा अपमान गरिएको हो ।’

मैथिली भाषाका विद्धान तथ प्रा.डा राजेन्द्र विमल जनानी शब्द आदरार्थी नभएको र यसले महिलाको सम्मानको साटो हेला गर्ने आशयले प्रयोग गरिएको बुझिने बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment