Comments Add Comment

रोल्पाको माडीमा कांग्रेस-एमाले तालमेल

४ असार, लिवाङ । रोल्पाको माडी गाउँपालिकामा कांग्रेस र एमालेको चुनाबी तालमेल भएको छ ।अध्यक्षमा नेपाली कांग्रेसका गोपाल घर्ती र उपाध्यक्ष नेकपा एमालेका प्रेमबहादुर घर्तीले उम्मेदवार दर्ता गरेका हुन् ।

यी दुबैले अध्यक्षको दाबी गरे पनि अनततः मिल्न बाध्य भएको बताइएको छ ।गोपाल कांग्रेस रोल्पाका क्षेत्रीय अध्यक्ष हुन् भने प्रेमबहादुर एमाले जिल्ला सदस्य हुन् ।

रोल्पामा माओवादी केन्द्रले गरेको निधेषको राजनीतिलाई अन्त्य गर्न कांग्रेस-एमालेले तालमेल गरेको एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीले बताए ।

माडी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले नन्दबहादुर पुनमगर ‘आनन्द’लाई र धनीकला घर्ती बुढामगर ‘प्रभा’लाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।

यो पनि पढ्नुहोस्

रोल्पामा ३ उदेक ! ‘वर्ग दुस्मन’सँग विप्लवको तालमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment