Comments Add Comment

सञ्चार मन्त्रालयले ३८ लाख रुपैयाँ क-कसलाई बाँड्यो ? (सूची सहित)

 

९ असार, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विगतकै परम्परालाई निरन्तरता दिँदै ३८ लाख रुपैयाँ विभिन्न सञ्चार सम्वद्ध संस्थाहरुलाई बाँडेको छ । कतिपय संस्था वर्षेनी पैसा थाप्नेहरु छन् भने केही नामै नसुनेका संघ संस्था र व्यक्तिलाई समेत वितरण गरेको पाइएको छ ।
विगतमा नेपाल पत्रकार महासंघ, प्रेस चौधरी, प्रेस युनियन, प्रेस सेन्टर जस्ता संस्थाका केन्द्रीय कमिटीलाई अनुदान दिने गरिएको थियो ।जाँदा जाँदै निवर्तमान सञ्चार मन्त्री राम कार्कीको तजबिजीमा कतिपय संस्थाहरु थपेर रकम वितरण गरिएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री शेरधन राईले महासंघ लगायत सरोकारवाला सञ्चार संस्थालाई अर्थ मन्त्रालयबाटै कार्यक्रमका आधारमा डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

महासंघले विगतमा मन्त्रालयबाट १५ लाख अनुृदान पाउने गरेको थियो । यसपटक महासंघ लगायत संस्थाले अर्थबाटै बजेट पाएपछि ३८ लाख रुपैयाँ आफू निकटस्थहरुलाई बाँड्न मन्त्रीलाई सजिलो भयो ।

विगतमा अनुदान पाइरहेका केही संस्थाले भने यसपटक पनि पाएका छन् ।

मन्त्रालयका एक उच्च अधिकारीले भने- केही संस्थाले काम गरेरै अनुदान पाएका छन्,तर यसपटक जिल्लाका नामै नसुनिएका र खल्तीका संस्थालाई पनि मन्त्रीको दबावमा पैसा दिइइएको छ । यो राज्यकोषमाथिको लुट हो ।

रकम वितरण गरिएको सूचीमा पार्टीका मातृ संस्थाका जिल्ला कमिटीलाई समेत एक लाखको दरले रकम बाँडिएको छ ।

हेर्नुस विवरण  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment