
१८ असार, देउखुरी । लमही नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका अध्यक्ष एक मतले विजयी भएका छन् । नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार नुमराज पौडेलले एक मतले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले घोषणा गरेको हो ।
एमालेका नुमराज पौडेलले ५६० र कांग्रेसका उम्मेदवार दामोदर पौडेलले ५५९ मत ल्याएका छन् ।
वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतगणनाको माग गर्दै निवेदन दिएपछि घोषणा रोकिएको थियो । लगत्तै एमालेले पनि वडा नं. ९ को मत पुनः गणनाको माग गरेको थियो । निर्वाचन आयोगले नियम अनुसार मत परिणाम सार्वजनिक गर्न निर्देशन दिएपछि आइतबार विहान वडा नं. १ र ९ को मत परिणाम सार्वजनिक गरिएको हो । मतगणना सकिएको एक दिन पछि मात्रै यी वडाको मत परिणाम सार्वजनिक गरिएको छ । यस्तै वडा नं. २ को पनि परिणाम पनि घोषणा गरिएको छ ।
वडा नं. १ मा विजयी उम्मेदवारहरु
वडा अध्यक्षः नुमराज पौडेल
महिला सदस्य: नुमा कुमारी पौडेल,
दलीत महिला सदस्य: हिमा कमीनी,
खुल्ला सदस्य: गिरीराज वली र
राजकुमारी चौधरी
वडा नं. २ मा नेपाली कांग्रेसका नेपालु चौधरीले ९ सय २९ मत प्राप्त गरी विजयी हुनु भएको छ । यो वडामा कांग्रेसको प्यानलनै विजयी भएको छ । स्वतन्त्र उम्मेदवार विनय घिमिरेले ४ सय ५५ मत ल्याए । माओवादी केन्द्रका उम्मेदवारले चार सय ३६ मत वडा अध्यक्षमा ल्याएका छन् ।
वडा नं. २ मा विजयीहरुको विवरण
वडा अध्यक्षः नेपालु चैधरी
महिला सदस्य:सुनिता कुमारी चौधरी
दलीत महिला सदस्य: सावित्रा विश्वकर्मा
खुल्ला सदस्य: काँशीप्रसाद चौधरी र
कालीचरण चौधरी
वडा नं. ९ मा पनि नेपाली कांग्रेसको प्यानल नै विजय भएको घोषणा गरिएको छ । कांग्रेसका भेषबहादुर केसी (रमेश)ले ५ सय ७७ र नेकपा एमालेका खिम बहादुर केसीले ३ सय ७३ मत पाएका छन् ।
वडा नं. ९ मा विजयीहरुको विवरण
अध्यक्षः भेषबहादुर केसी(रमेश)
महिला सदस्यः रेवा कुमारी अधिकारी
दलीत महिला सदस्यः पार्वती विश्कर्मा
खुल्ला सदस्यः खिम बहादुर योगी
खुल्ला सदस्यः वुद्धिराम चौधरी
प्रतिक्रिया 4