+
+
Shares

बालकुमारीमा टिपरको ठक्करबाट ३ सवारीका चालक घाइते, एकको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते ०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बालकुमारीमा टिपरले दुई वटा नीजि कार र एउटा ट्याक्सीलाई ठक्कर दिँदा चालकहरू घाइते भएका छन्।
  • घटनामा गम्भीर घाइते भएको कार चालकको उपचार सिभिल अस्पताल बानेश्वरमा भइरहेको छ।
  • प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

२० असार, काठमाडौं । काठमाडौंको बालकुमारीमा टिपरले दुई वटा नीजि कार र एउटा ट्याक्सीलाई ठक्कर दिएको छ ।

बिहीबार राति साढे ९ बजेतिर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको दुई वटा नीजि कार र ट्याक्सीलाई बालकुमारीतिरबाट कोटेश्वरतर्फ आउँदै गरेको टिपरले ठक्कर दिएको हो ।

बा ०१००६ ख ३९१६ को टिपरको ठक्करबाट बीवाईडी कम्पनीको बा ०१०२९ च ५८०२ नम्बरको नीजि कारका चालक गम्भीर घाइते भएका ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुर्य प्रसाद पौडेलले जानकारी दिए ।

घटनामा कार चालक गम्भीर घाइते भएको उनले बताए । ‘बीवाइडीका चालकको करङ भाचिएको भन्ने जानकारी छ, अरु एउटा कार र ट्याक्सी चालक सामान्य घाइते छन्’, उनले भने ।

घाइतेहरुको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ । कोटेश्वरतिरबाट गएको टिपरले बालकुमारीनजिक नियन्त्रण गुमाएर बा ९ च २६२९ र बा ०१००२ च ६१११ नम्बरको ट्याक्सी र कारलाई ठक्कर दिएको ट्राफिक इन्सपेक्टर पौडेलले बताए ।

उनका अनुसार ठक्कर दिने टिपरसहित चालक ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा छन् ।

प्रहरीले टिपर, दुई वटा कारका चालक र ट्याक्सी चालकको पहिचान खुलाएको छैन ।

‘अबेर रातिको घटना हो, विहानसम्म सम्पूर्ण विवरण अद्यावधिक होला’, ट्राफिक इन्सपेक्टर पौडेलले भने । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?