२१ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) आज औपचारिकरुपमा निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
विजुलीबजारस्थित पार्टी कार्यालयमा भेला भई राजपा नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग जाने राजपा नेता केशव झाले बताए ।
अहिलेसम्म विभिन्न ६ वटा पार्टीहरु अलग्गै दर्ता भएकामा अब एउटै दलका रुपमा दर्ता गर्न लागिएको अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले अनलाइनखबरलाई बताए ।
राजपाको दल दर्ता चुनावी तयारी भन्दा पनि दलको बैधानिक प्रक्रिया पुर्याउनका लागि गर्न लागिएको यादवले बताए ।
दल दर्ता गर्न लाग्ग्नुभएछ, अब राजपा तेस्रो चरणको स्थानीय चुनावमा आउन लागेको हो ? अनलाइनखबरको प्रश्नमा यादवले भने- ‘यो एउटा प्रक्रियामात्रै पुर्याउन लागिएको हो, चुनावमा के गर्ने भन्नेबारेमा पार्टीमा छलफल गर्न बाँकी नै छ ।