Comments Add Comment

१६ वर्षीय किशोरको ७१ वर्षीया बृद्धासँग माया बसेपछि…


भनिन्छ, प्रेम अन्धो हुन्छ । माया गर्नेहरुका लागि जाति, धर्म, उमेर केहीको पनि छेकबार हुँदैन । हालै इण्डोनेसियाको एक जोडीले यो कुरालाई प्रमाणित गरेको छ ।

इण्डोनेसियामा एकजना १६ वर्षका किशोरले ७१ वर्षकी महिलासँग प्रेम विवाह गरेका छन् ।

१६ वर्षका सेलामत रियादी र ७१ वर्षकी रोहायाबीच माया बसेछ । हजुरआमाको उमेरकी महिलासँग माया प्रिति बसेपछि सेलामतलाई धेरैले अनेक थरि लाञ्छना लगाए । तर ती वृद्धासँग उनको प्रेम यति गहिरो थियो कि उनी कुनै पनि हालतमा छाड्न सक्ने अवस्थामा थिएनन् । वास्तवमा सेलामत र रोहाया एक अर्काविना बाँच्नै नसक्ने भएका थिए ।

रोहायाले यसअघि दुईपटक विवाह गरिसकेकी थिइन् । तर विडम्बना उनका दुबै लोग्ने मरेका थिए र उनी विधवा थिइन् । उनी अहिले जीवनको आखिरी समय गुजारिरहेकी छन् । तर, यो उमेरमा लक्का जवान तेश्रो लोग्ने पाएकी छन् उनले ।

१६ वर्षका किशोर र ७१ वर्षकी महिला बीचको सम्बन्ध कसैका लागि रुचीकर हुने कुरै भएन । दुबैजनाका घर परिवारले उनीहरुको सम्बन्धको विरोध गरिरहेका थिए र उनीहरुलाई कुनै पनि हालतमा बिहे गर्न नदिने पक्षमा थिए । तर, उनीहरु दुबैजनाले यदि बिहे गर्न नदिएमा आत्महत्या गर्ने धम्की दिए । त्यसपछि घरपरिवारका मान्छे डराए र बिहे गराइदिन राजी भए ।

तन्नेरी र वृद्धाबीचको त्यो अनमेल बिहेको भिडियो सोसल मिडियामा भाइरल भएको छ । परम्परागत रितिरिवाज अनुसार नै उनीहरुको बिहे गराइयो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment