Comments Add Comment

राजधानीको ज्यानमारा सडकः विनिताको ज्यानै गयो

१ साउन, काठमाडौं । युरिका हाइस्कुल, मनमैजुस्थित कक्षा ३ मा अध्ययनरत १० वर्षीया विनिता फुयाँल शुक्रबार अपराह्न विद्यालयबाट नेपालटारस्थित घरमा फर्किइन् । त्यसपछि घरबाट करिब १० मिटर टाढा रहेको आफ्नो रेष्टुरेन्टमा खाजा खान पुगिन् ।

विनिताले खाजा खाइरहँदा दर्किन थाल्यो पानी । वर्षा रोकिएपछि उनी रेष्टुरेन्टबाट घरतर्फ हिँडिन् । ठूलो वर्षा भएकाले सडकमा भेल उर्लिरहेको थियो । पानीले नहरजस्तै बनेको सडकमा रहेको नाली उनले देखिनन् । नालीको भेलले उनलाई बगायो । भेलले चमती खोलामा पुर्याएपछि आफन्त र प्रहरीले उनको उद्धार गरे ।

उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएकी उनको साँझ ६ः३० बजे मृत्यु भयो ।

शुक्रबार अपराह्न भीषण वर्षा भएका कारण उपत्यकाका अधिकांश सडक जलमग्न थिए, सडकमा भेल उर्लेको थियो ।

वृहस्पती विद्यासदन, नक्सालमा पढ्ने विद्या सापकोटा (१३) गाडीबाट सामाखुसी चोकमा ओर्लिन । सडक जलमग्न देखेपछि आत्तिँदै उनी रानीबारी जाने भित्रि सडकतिर लागिन् । नाली थियो बीचमा । पानी उर्लेर बगिरहेको थियो । सत्या त्यहीँ नालीमा खसिन् र भेलले उनलाई ह्युम पाइपभित्र पुर्यायो । धन्न वरिपरिका मान्छेले देखे र उनको ज्यान जोगियो ।

माथिका दुई घटनाले राजधानीको सडकको दूरावस्थाको चित्र देखाएको आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment