Comments Add Comment

क्षेत्राधिकारलाई लिएर दुई संसदीय समितिबीच विवाद

४ साउन, काठमाडौं । क्षेत्राधिकारको विषयलाई लिएर संसदको दुई समितिबीच विवाद सुरु भएको छ । संसदको अर्थ समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबीच क्षेत्राधिकारको विषयलाई लिएर विवाद सुरु भएको हो ।

नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी विषयलाई अर्थ समितिले आफ्नो क्षेत्राधिकार बाहिर गएर अनावश्यक चासो दिएको भन्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आपत्ति जनाएको छ । उद्योग समितिको बुधबार बसेको बैठकले सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

अर्थ समितिले आफ्नो क्षेत्राधिकारमाथि हस्तक्षेप गरेकाले सभामुखलाई ध्यानाकर्षण गराउने निर्णय लिनु परेको उद्योग समिति अन्तरगतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिका संयोजक सुवाषचन्द्र शाह ठकुरीले जानकारी दिए ।

अर्थ समितिले मंगलबार आयल निगमको जग्गा खरिद प्रकरणबारे छानविन गर्न उपसमिति नै बनाएको थियो ।

समितिले सम्बन्धित संसदीय समितिप्रति उत्तरदायी र जवाफदेही बन्न पनि नेपाल सरकार, आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र सरोकारवाला सबै संस्थानहरुलाई निर्देशन दिएको छ ।

ऐन, कानुनको पालना गर्दै सम्बन्धित संसदीय समितिप्रति उत्तरदायी हुन पनि मातहतका सरकारी निकायहरुलाई निर्देशन दिइएको आपूर्ति तथा उपभोक्ता हित उपसमितिका संयोजक शाहले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment