Comments Add Comment

तराई मधेस खानेपानी आयोजना अलपत्र

९ साउन, नवलपरासी । तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत नवलपरासीमा परेका आयोजनाहरु अलपत्र परेका छन् । तराईवासीलाई आर्सेनिकमुक्त खानेपानी वितरण गर्न खानेपानी तथा ढल निकास विभागबाट सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत नवलपरासीमा पाँचवटा खानेपानी आयोजना निर्माणका क्रममा रहेको छ ।

परासी क्षेत्रको सरावल गाउँपालिकाको तिलकपुर र बडसारेमा गरी दुईवटा आयोजना, बर्दघाट, सुनवल र सुस्ता गाउँपालिकामा एउटा आयोजना निर्माण हुँदैछन् । ती आयोजनाको बोरिङ काम सम्पन्न भएको खानेपानी तथा डिभिजन सहकारी कार्यालय नवलपरासीका इञ्जिनियर शेषकान्त पाण्डेले बताए।

तर स्थानीय तहको पुनः संरचनासँगै खानेपानी तथा डिभिजन सहकारी कार्यालय स्थानीय तहमा जानेकी जिल्लाबाटै खानेपानीको काम अगाडि बढाउने निश्चित नभएपछि अहिले ती आयोजनाहरुको काम ठप्प रहेको छ ।

पाँचवटै आयोजनाको बोरिङसम्मको काम सम्पन्न गर्न अहिलेसम्म रु एक करोड सात लाख खर्च भएको इञ्जिनियर पाण्डेको भनाइ छ । गत असार २९ गतेसम्म बोरिङको काम सम्पन्न भए पनि आयोजनाको अझै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नआएको कार्यालयले जनाएको छ ।

खानेपानी तथा ढल निकास विभागले ती सबै आयोजनाको स्थानका बारेमा जानकारी, पानी परीक्षण तथा प्रतिवेदन तयार पार्न केन्द्रबाटै परामर्शदाता टोली खटाएको थियो । उक्त टोलीले असारभित्रै प्रतिवेदन बुझाउने बताइए पनि अझै नबुझाएको कार्यालयले जनाएको छ ।

नवलपरासीमा सञ्चालन गरिएका ती आयोजनाबाट करिब दुई हजार घरधुरी लाभान्वित हुनेछन् । निर्माण कार्य सम्पन्न गराउनका लागि सम्बन्धित गाउँमा उपभोक्ता समिति गठन गरिएको छ ।

ती आयोजना ८० प्रतिशत नेपाल सरकारको बजेट र २० प्रतिशत जनश्रमदानमा सम्पन्न हुने बडसार खानेपानी उपभोक्ता समितिका सचिव मोबारक खानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment