Comments Add Comment

नेपाली दूतावासको पहलमा एकै दिन ४३ नेपालीको उद्धार

कपिलवस्तुका रघुवर प्रसाद कुर्मीको परिवार मंगलाबार निकै खुसी छ । अस्तिसम्म छोरा कहिले फर्किएर आउलाभनेर वाटो कुरेर वसिरहेको परिवार खुसी हुनुको एउटै कारण छ- रघुवीर नेपाल फर्किनु ।

अवैधानिक अवस्थामा रहेर काम गरिरहेको अवस्थामा मलेसियामा प्रहरीले रघुनाथलाई केहि समय अगाडि पक्राउ गरेको थियो । फोन नलागेपछि अत्तालिएको परिवारले केहि समय पछाडि थाहा पाए, रघु पक्राउ परेका छन । त्यसपछि परिवार झनै आत्तियो ।

तर, रघुवीरले काठमाडौंबाछ परिवारलाई फोन गरेपछि खुसीको सीमा नै रहेन ।

कपिलवस्तुका रघुवर मात्र होइन, सप्तरीका रदिफ यादवको परिवारमा पनि मंगलबार खुसी छाएको छ । अवैधानिक हुँदा जेलमा परेका सुनेको परिवारले छोरा नेपाल आएको थाहा पाउँदा खुसी हुनु स्वभाविक हो ।

नेपाली दूतावास मलेसियाको पहलमा मंगलबार मलेसियावाट ४३ जना नेपालीलाई उद्धार गरेर घर पठाइएको हो । नेपाल र्फकनको लागि घर फिर्ती केन्द्रमा रहेका उनीहरुलाई दूतावासको पहलमा निःशुल्क हवाई टिकट उपलब्ध गराएको छ ।

लामो समयसम्म घर फिर्ती केन्द्रमा रहँदा मानसिक दबाव हुनुका साथै केहीले आत्महत्याको प्रयास समेत गर्न सक्ने खतरा देखिएको भन्दै दूतवासले निःशुल्क रुपमा हवाई टिकट उपलब्ध गराएर नेपाल फर्काउने गरेको छ ।

राजदूत डा.निरन्जनमान सिं वस्यान्त भन्छन्, टिकटको अभावमा क्याम्पमा वस्न नपरोस भनेर शुरुकदेखि नै अभियान थालेको हुुँ र यो निरन्तर रहिरहने छ ।’

नेपाली दूतावासको टोलीले जुलाई १२ तारिखमा क्याम्पको भ्रमण गरेपछि नेपाल फर्काउन सहज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment