Comments Add Comment

७५ करोड चिनियाँहरु अनलाइनमा, ५० लाख ६० हजार वेबसाइट

चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देशमात्र होइन, इन्टरनेटको पहुँचमा सबैभन्दा धेरै मानिस भएको देश पनि हो । पछिल्लो रिपोर्ट अनुसार, चीनमा ७५ करोड १० लाख मानिसहरु अनलाइनमा छन् । गत जून महिनाको तथ्यांक हो यो । जस अनुसार अघिल्लो वर्षको तुलनामा चीनमा अनलाइन जनसंख्यामा २.७ प्रतिशतले बढोत्तरी भएको छ ।

तथ्यांक अनुसार ७२ करोड ४० लाख मानिसले मोबाइल फोन मार्फत इन्टरनेट प्रयोग गर्ने गर्दछन् । यो कुल अनलाइन जनसंख्याको ९६.३ प्रतिशत हो ।

चाइना स्टाटिस्टिकल रिपोर्ट अन इन्टरनेट डेभलपमेन्ट अनुसार पछिल्लो ६ महिनामा मोबाइल फूड डेलिभरी सर्भिसका प्रयोगकर्ताको संख्या ४१.४ प्रतिशतले बढेर २७ करोड ४० लाख पुगेको छ ।

५० करोड २० लाख मानिसले मोबाइलबाटै अनलाइन पेमेन्ट सर्भिसको उपयोग गर्ने गरेका छन् ।

चीनमा सार्वजनिक सेवामा समेत अनलाइन सेवा निकै फस्टाएको छ । १० करोड ६० लाखले बाइक शेयरिंग सर्भिस प्रयोग गर्ने गरेका छन् ।

त्यस्तै अनलाइन शिक्षा, ट्याक्सी तथा प्राइभेट कार भाडामा लिने लगायतका अनलाइन सेवाका प्रयोगकर्ताको संख्या पनि उच्चदरमा बढेको छ ।

३४ करोड ३० लाख चिनियाले अनलाइन लाइभ स्ट्रिमिंग गर्ने गरेका छन् । १८ करोड अनलाइन गेम स्ट्रिमिंग अकाउन्ट रहेका छन् भने रियालिटी शो को लाइभ स्ट्रिमिंग गर्ने अनलाइन अकाउन्ट संख्या १७ करोड ३० लाख रहेको छ ।

रिपोर्ट अनुसार चीनमा वेबसाइटहरुको संख्या ५० लाख ६० हजार रहेको छ । त्यस्तै ३३ करोड ८० लाख आइभिपी फोर एड्रेस रहेका छन् । जुन विश्वमै दोश्रो ठूलो संख्या हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment