बुधबार, ७ भदौ, २०७४
OnlineKhabar.com

हेटौंडाका दुई सडकखण्डमा पहिरो, सवारी आवागमन अवरुद्ध

फाइल तस्वीर

२८ साउन, हेटौंडा । हेटौंडा–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत फाखेल सडकखण्डको सुकौरामा आज राति परेको वर्षाले पहिरो गई हेटौंडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ ।

कुलेखानी–काठमाडौँ र फाखेल–काठमाडौँ सडकखण्ड अवरुद्ध भएकाले बिहानदेखि भैँसेस्थित त्रिभुवन राजपथबाट काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी हेटौँडाबाट गएका यातायातका साधन चिसापानीगढीबाट फर्काई भीमफेदी हुँदै भैँसेतर्फ लगिएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले जानकारी दिए ।

वीरगञ्ज, जनकपुर, चन्द्रनिगाहपुर र हेटौँडा गरी दैनिक करिब ७५० सुमो जिप हेटौँडा,कुलेखानी हुँदै काठमाडौँ जाने गर्छन् ।

२०७४ साउन २८ गते ९:१५ मा प्रकाशित (२०७४ भदौ १ गते १८:२१मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this