Comments Add Comment

निर्वाचन आयोगको १७ बुँदे निर्देशन, प्रदेश २ मा सात दिन स्कुल बन्द गर्नू

'चुनाव बिथोल्न खोज्नेलाई निगरानीमा राख्नू'

२ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रदेश २ मा हुने स्थानीय चुनावका लागि ७ दिन विद्यालय बन्दको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगका अनुसार भदौ २७ देखि मतदान हुने दिन असोज २ गतेसम्म विद्यालय बन्द गर्न भनेको हो ।

निर्वाचनको लागि मतदान केन्द्र विद्यालय भवन तथा कम्पाउण्ड भित्र राखिनेछ । आयोगको शुक्रबार बसेको बैठकले विद्यालय भवन तथा कम्पाउण्ड वाल भत्किएको वा नभएको भए तत्काल निर्माण तथा मर्मत गर्न पनि भनेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले प्रदेश २ को चुनावको तयारीका लागि सरकारलाई सरकारलाई १७ बुँदे निर्देशन दिएको छ । मागेको कर्मचारी तुरून्त खटाई पठाउन, आयोग तथा सुरक्षा निकायका सञ्चार सम्पर्क उपकरण तयारी अवस्था राख्न र सुरक्षाको उचित प्रवन्ध मिलाउन भनेको छ ।

आयोगले आफ्ना निर्णय तथा पत्राचारलाई प्राथमिकता दिई कार्यान्वयन गर्न, निर्वातन आचारसंहिता लागू गर्न र शिक्षक तथा कर्मचारीको अद्यावधिक बिवरण एक साताभित्र जिल्ला निर्वाचन कार्यालयमा पठाउन पनि सरकारलाई भनेको छ ।

‘चुनाव बिथोल्न खोज्नेलाई निगरानीमा राख्नू’

आयोगले असोज तेस्रो चरणको चुनाव सफल पार्न आवश्यक सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयलाई निर्देश पनि गरेको छ ।

कानूनबमोजिम बाहेक अन्य अवस्थामा हतियार बोकेर हिड्न, प्रदर्शन गर्न र प्रयोग गर्नेकाम निण्न्त्रण गर्न आयोगले गृह प्रशासनलाई अनुरोध गरेको छ भने लाइसेन्सप्राप्त हतियार पनि स्थानीय प्रशासनको मातहतमा राख्ने व्यवस्था गर्न भनेको छ ।

त्यस्तै निर्वाचन बिथोल्न खोज्ने शंकास्पद व्यक्तिलाई सार्वजनिक अपराध ऐन अन्तर्गत पक्राउ तथा सजाय दिलाउने व्यवस्था गर्न पनि आयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र विक्री वितरणमा रोक लगाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment