Comments Add Comment

नेपाली आकाशमा अब लाइट हेलिकोप्टर, हेली एयरले पायो उडान अनुमति


२ भदौ काठमाडौं । हेली एयर नेपाल प्रालिले लाइट हेलिकोप्टर उडानका लागि अनुमति पाएको छ । प्रक्रिया थालेको १ वर्षपछि मात्रै यसले उडान अनुमति पाएको हो ।

कम्पनीका सिइओ रोनन लामिछानेले आफुहरुले उडान अनुमति पाएको जानकारी दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार यो कम्पनीलाई उडान अनुमति दिएको हो ।

कम्पनीले दुईवटा हेलिकोप्टर ल्याइसकेको छ । अर्को हेलीकोप्टर पनि छिट्टै आउन लागेको लामिछानेले जानकारी दिएका छन् । यो हेलिकोप्टरमा यात्रु भने एक जना मात्रै बस्न मिल्छ । पाइल र यात्रु बस्न मिल्ने गरी दुई सिट मात्रै भएको यो हेलिकोप्टर हावा र हुरी आएको समयमा पनि उडान गर्न सक्ने उनको दावी छ ।

यसले असोजबाट उडान गर्ने लामिछाने बताउँछन् । कम्पनीले पश्चिम क्षेत्र फोकस गरेर उडान गर्ने योजना बनाएको छ । पोखरा बिमानस्थलबाट पश्चिमका विभिन्न क्षेत्रमा उडान गर्नेछ । पोखराबाट बाग्लुङको बलेवा बिमानस्थल गएर आउन पर्‍यो भने जम्मा ३० हजार मात्रै लाग्छ ।


यो यात्रु ओसापसार गर्नको लागि भन्दा पनि विदेशीहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि हो । लामिछानेले भने ‘वैदेशिक मुद्रा भित्राउन अब हेल एयरले पनि ठुलो भूमिका खेल्नेछ यो यात्राका लागि सुरक्षित पनि मानिन्छ । ‘ पर्यटकलाई माउण्टेन फ्लाइट गराउने यो कम्पनीको योजना छ ।

साथै यही कम्पनीले अन्य दुईवटा पाँच सिटे हेलिकोप्टर पनि ल्याउने तयारी गरेको छ । यात्रु ओसारपसार गर्ने उद्देश्यले ५ सिटे हेलिकोप्टर ल्याउन लागेको लामिछाने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment