Comments Add Comment

सिटी एक्सप्रेसले लियो कुबेर मर्चेन्ट


४ भदौं, काठमाडौं । कुबेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीलाई सिटी एक्सपे्रसका लगानीकर्ताहरुको समूहले किनेको छ ।

राष्ट्र बैंकबाट २०६९ पुसमा समस्याग्रस्त घोषणा भएको कम्पनीमा सिटी एक्सप्रेस र यससम्बद्ध समूहले ६५ प्रतिशत लगानी गरेको हो । कम्पनीले भदौं ४ गते आइतवार ११ औं वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ ।

 

कम्पनीको हाल चुक्ता पुँजी १५ अर्ब रहेको छ । कम्पनीले १ सय कित्ता सेयर बराबर ७० कित्ताको अनुपातमा हकप्रद जारी गरेर ४० करोड रुपैयाँ पुँजी पुर्याउने भएको छ । हाल कम्पनीले संस्थापकहरुबाट कल इन एड्भान्सको रुपमा समेत पुँजी राखेर २५ करोड चुक्ता पुँजी पुर्याइसकेको छ ।

 

कम्पनीले नियम अनुसार ८० करोड चुक्ता पूँजी पुर्याउन पर्ने हुन्छ । कम्पनीले दोस्रो पटक पनि हकप्रद जारी गरेर पुँजी पुर्याउने भएको हो ।

 

कम्पनीले गैर आवासीय नेपालीहरुलाई पनि भित्र्याउने प्रयास गरिरहेको छ । कम्पनीमा नयाँ लगानी भित्रिएसँगै नाम परिर्वत हुने भएको छ । कम्पनी सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेडको नामबाट सञ्चालनमा आउने भएको हो ।

कम्पनीका गत असारसम्ममा ७ करोड ४० लाख रुपैयाँ निक्षेप रहेको छ । कम्पनीको ६ करोड ५६ लाख कर्जा लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment