Comments Add Comment

घुससहित राजश्व अत्तरियाका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

५ भदौ, कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सेवाग्राहीबाट घुस (पैसा) लिदै गरेको अवस्थामा कैलालीको अत्तरियाबाट २ जना पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत नायब सुब्बा राजेन्द्र साउँद र कार्यालय सहयोगी टिकाराम जोशीलाई सेवाग्राहीबाट घुस वाफत ४५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी खिमानन्द पाठकले जानकारी दिए ।

पाठकले प्रहरी निरिक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा गएको टोलीले पैसासहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment