Comments Add Comment

पत्रकार महासंघमा गोविन्दको प्यानल जीत नजिक, प्रदेशमा कसले जिते ? (सूचीसहित)

६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्वका लागि भएको चुनावमा तीर्थ कोइरालाको प्यानललाई पछाडि पार्दै गोविन्द आचार्यको प्यानल जीतको नजिक पुगेको छ ।पदाधिकारीहरुको चुनावी नतिजा आउन बाँकी रहे पनि प्रदेशतर्फका केन्द्रीय सदस्यहरुको नतिजा राति नै आइसकेको छ ।

मंगलबार बिहान ५ बजेपछिको मत परिणाम अनुसार अध्यक्ष पदमा प्रेस चौतारीका उम्मेदवार तीर्थ कोइरालाको ४९८ मत आएको छ  भने युनियन र प्रेस सेन्टरका संयुक्त उम्मेदवार गोविन्द आचार्यले ५९३ मतका साथ अग्रता लिएका छन् ।

अध्यक्षसहित पदाधिकारीहरुको मतगणना मंगलबार रातभरि जारी रह्यो । सोमबार काठमाडौंमा भएको महासंघको चुनावमा १४४९ मत खसेको छ । मंगलबार बिहानसम्म झण्डै १२ सय मत गणना भइसकेकाे छ । अब केहीबेरमै मतगणना सकिने आयोजकले जानकारी दिएका छन् ।

पत्रकार महासंघको अध्यक्ष पदका लागि भएको निर्वाचनमा उजिर मगर पनि अध्यक्षको उम्मेदवार बनेका थिए । तर, उनले झिनो मत पाएका छन् । मगरले ४९ मत पाएका छन् ।

प्रदेशमा क-कसले जिते ?

प्रदेशबाट छानिने केन्द्रीय सदस्यहरुको भने राति नै नतिजा आइसकेको छ । यसमध्ये प्रेस चौतारीका ५ जनाले जितेका छन् भने युनियनका ८ र प्रेस सेन्टरका ६ जनजा विजयी भएका छन् । एउटा पदमा प्रेस सेन्टर र चौतारीका उम्मेदवारको बराबरी मत आएको छ ।

हेर्नुहोस् सूची

प्रदेश १: चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।

प्रदेश २ : सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।

प्रदेश ३ चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी

प्रदेश ४ चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल बिजयी

प्रदेश न ५ सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी

प्रदेश न ६ युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी

प्रदेश ७: युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत ।

उपत्यका : प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं बिजयी ।

प्रतिष्ठान : सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही बिजयी ।

एशोसिएटमा युनियनका  राधेश्याम दाहाल पवन अचार्य

पदाधिकारीमा पनि गठबन्धनकै अग्रता

अध्यक्ष पदमा जस्तै पदाधिकारीहरुमा पनि प्रेस चौतारीलाई पछि पार्दै अधिकांश पदमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment