Comments Add Comment

रामखेलावनको नियतिः बाढीले सडकमा पुर्‍यायो, ट्याक्टरले ज्यानै लियो

फाइल तस्वीर

६ भदौ, बाँके । बाढीले उनको बास डुबायो । थातबास डुबेपछि उनले सडकलाई नै घर बनाए । बाढीले सडकमा पुगेका उनको सडकको बसोबासकै कारण इहलिला समाप्त भएको छ ।

सडकको छेउमा सुतिरहेको अवस्थामा ट्र्याक्टरले किचेपछि उनकाे ज्यान गएकाे हाे ।

जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान ट्र्याक्टरले किचेको प्रहरीले जनाएको छ ।

घाइते मुराउको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नंको ट्र्याक्टरले किचेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment