Comments Add Comment

सातै प्रदेश उत्तरसँग जोड्ने तयारी

३ असोज, काठमाडौं । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।

भूकम्पले क्षति पुर्याएको तातोपानीसहित उत्तरतर्फका नाका खुलाउने विभिन्न विकल्पका बारेमा बैठकमा विस्तृत छलफल हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले जानकारी दिए ।

उनका अनुसार नेपालको पूर्व–पश्चिम सबै क्षेत्रलाई समेट्ने गरी उत्तरतर्फका विभिन्न ९ नाका खुलाउन प्रस्ताव गर्नेछ ।

दुवै मुलुकका सीमा जटिल भौगोलिक बनावट र अधिकांश समय हिमपातले अवरुद्ध हुने गरेकाले आवश्यकता अनुसार सुरुङमार्ग र फ्लाइओभरसहितका विकल्प प्रस्ताव गर्ने उनले बताए । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment