Comments Add Comment

मतपत्रको सुरक्षा ! ग्याबिङ जाली र काँडेतारको घेराभित्र मतगणना !

भरतपुरले यसरी तर्सायो २ नम्बर प्रदेशलाई

३ असोज, काठमाडौं । प्रदेश २ को अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ । सबैजसो मतगणना स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

अधिकांश मतगणनास्थलमा ग्याबिङ जाली लगाइएको छ । ग्याबिङ जालीको घेराभित्र गणकहरु बसेका छन् भने दलका प्रतिनिधिहरुलाई ग्याबिङ जाली बाहिर राखिएको छ ।

पहिलो चरणको चुनावका क्रममा भरतपुर महानगरमा मतपत्र च्यातिएपछि दोस्रो चरणमा सुरक्षा सतर्कता अपनाइएको थियो ।

तर, यसरी मतगणनास्थलमा ग्याबिङ जाली नै हालिएको भने प्रदेश २ मा मात्रै हो ।

अधिकांश मतगणना स्थलमा ग्याबिङ जाली लगाइएको छ भने महोत्तरीको बर्दीबासमा सुरक्षाकर्मीले प्रयोग गर्ने काँडेतारको समेत प्रयोग गरिएको छ ।

नेपालको चुनावी इतिहासमा विगतमा यस्तो दृश्य कहिल्यै देख्न पाइँदैनथ्यो । सभ्य नागरिकहरु भएको समाजमा मतगणनास्थलमा यस्तो जात्रा कहीँ कतै देख्न पाइँदैन । तर, नेपाली राजनीति भने सभ्यतातर्फ भन्दा पनि बर्बरतातर्फ उन्मुख हुन लागेको हो कि भन्ने यसले प्रश्न उठाएको छ ।

तथापि मतगणनास्थलमा सुरक्षाका लागि अपनाइएको पूर्वसचेतनाले गर्दा भरतपुर काण्ड दोहोरिने सम्भावनालाई पक्कै पनि न्यून गर्ने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment