Comments Add Comment

दशैं-तिहारको नाममा चियापान गर्न पाइँदैनः निर्वाचन आयोग

३ असोज, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दशैं, तिहार तथा छठ लगायतका चाडपर्व लक्षित चियापन आयोजना गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । निर्वाचन आचारसंहिता लागू भइसकेकाले चियापान वा जलपान कार्यक्रम गर्न नपाइने यादवको भनाइ छ ।

‘प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भूमिकामाथि बहस’ कार्यक्रमलाई मंगलबार राजधानीमा सम्वोधन गर्दै प्रमुख आयुक्त यादवले भने, ‘प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भैसकेको छ, यस्तो अवस्थामा आयोजना गरिने हरेक चियापानहरु राजनीतिक उद्देश्यहरुले प्रेरित हुन्छन्, त्यसैले आयोगले यसबारेमा पूर्ण सचेतना अपनाएको छ, हामी यस्ता खाले चियापान गर्न दिँदैनौं ।’

अहिले चाडपर्वको मुखमा चियापन र भोजभतेर गर्नेहरुको होडबाजी नै चलेको छ । नेपाली कांग्रेसले मंगलबारमात्रै विज्ञप्ति निकालेर दशैंको कोजाग्रत पूर्णिमाको दिन ३३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा चियापान कार्यक्रम गर्ने घोषणा गरेको छ । एमाले, माओवादी केन्द्र लगायत दलहरुले पनि दशैं, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम गर्दछन् ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, ‘मंसिर १० को निर्वाचनआउन धेरै बाँकी छैन, यो निर्वाचन लक्षित गरेर कुनै पनि चियापान समारोह नगर्नुहोस्, चाडपर्वकै मुखमा गरिने चियापानले पनि चुनावी गन्ध ल्याउँछ ।’

माघ ७ गतेभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि सफल पार्न आयोग आतुर रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment