Comments Add Comment

बिक्रीमा रोक लागेका उत्पादन बजारमा

विराटनगर, ९ भदौ । गुणस्तर प्रमाण चिहृन खारेज भएको तथा मापदण्डअनुसार उत्पादन नगर्ने उद्योगको उत्पादन र बिक्रीमा रोक्का गरिए पनि त्यसको अवज्ञा गर्दै उत्पादन र बिक्री गर्ने उद्योगको अनुगमन र निगरानी सुरु भएको छ ।

jagadamba

गुणस्तर तथा नापतौल विभाग काठमाडौँले पूर्वाञ्चललगायत देशभरिमा कारबाहीमा परेका उद्योगको निगरानीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र नापतौल क्षेत्रीय कार्यालयमा पत्राचार गरेको छ ।

विभागका महानिर्देशक रामआधार साहले कारबाहीमा परेका उद्योगको उत्पादन र बिक्री नगर्न पाउने जानकारी गराए पनि आफूखुसी उत्पादन गरेको जानकारी आएपछि निगरानी बढाइएको जानकारी दिनुभयो ।

त्यसका लागि केन्द्रीय निकायबाट पनि निरीक्षक तथा कर्मचारी देशभरी परिचालन गरिएको उहाँले भन्नुभयो ।विभागका अनुसार पूर्वाञ्चलका सात उद्योगसहित अधिराज्यभरिका ३९ उद्योगको गुणस्तर प्रमाण चिहृन खारेज गरिएको छ ।

salimar

न्यून गुणस्तरको सामान उत्पादन गरेको र समयमा गुणस्तर प्रमाण चिहृन नवीकरण नगरेकामा उद्योगहरूमाथि कारबाही गरिएको हो । विभागका अनुसार यसरी नवीकरण नगरी कारबाहीमा परेका पूर्वाञ्चलका उद्योगमा कमला आइरन (रोलिङ), एसियन थाई फ्ड्स, बाबा पेन्टस, पशुपति खाद्य तेल उद्योग, पि्रमियर वायर, मारुती र कसमस सिमेन्ट उद्योग रहेका छन् ।

gorkha-brewery

त्यस्तै अन्य क्षेत्रका उद्योगमा सीजी रोल्पा, अरनिको आवुखैरनी, घोराही, इन्टरनेशनल एमजेपी, मारुती, कैलाश, स्टार, कृष्ण ,श्री ओम र केपी सिमेन्टले पनि गुणस्तर प्रमाण चिन्ह नलिएको कारवाही गरिएको हो ।

त्यस्तै, कम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने बुटवल सिमेन्ट उद्योग, शुभश्री जगदम्बा उद्योगको बिक्री-वितरणमा रोक लगाइएको छ ।

त्यसैगरी, जनता केबुल, बाबा पेन्टस्, जस्मिन पेन्टस्, गोर्खा ब्रुअरी, नन्दन रोलिङ मिल्स, यति प्लास्टिक, यति पेन्टस्, बन्दना स्टिल्स, भगवती रोलिङ मिल्स, नेपाल पेन्टस्, टन्डन प्लास्टिक, गोल्डेन ब्याट्री, डेल्टा केबल एन्ड पाइप, पटुवा केबल, इन्टरटेक पाइप, नेपाल सालिमार सिमेन्टले पनि नापतौल गुणस्तर प्रमाण चिहृन पनि नवीकरण नगराएको बताइएको छ ।

विभागका महानिर्देशक साहले प्रमाणपत्र चिहृन नियमावली २०४० अनुसार नवीकरण नगर्ने उद्योगको इजाजतपत्र रद्द गर्नुपर्ने रहेकाले त्यसअनुसार तीन उद्योग कारबाहीमा परेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment