Comments Add Comment

‘सार्कले आर्थिक विकासलाई मूल मुद्धा बनाउनुपर्छ’

१३ भदौ, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपाल सार्कको सक्रिय संस्थापक सदस्य भएकाले यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । अर्थमन्त्री स्तरीय छैटौं बैठकमा भाग लिन श्रीलंकाको कोलम्बो पुग्नुभएका मन्त्री कोइरालाले बन्दरानाइके विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अब आर्थिक विकासलाई मूल मुद्दा बनाइनुपर्ने बताउनुभयो ।

Shreelanka-ma-Shankar

सार्कको सान्र्दभिकता झन्झन् बढदै गएको स्पष्ट गर्दै मन्त्री कोइरालाले दुई पक्षीय र बहुपक्षीय व्यापारको प्रवर्द्धनमा सार्कले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । सार्क सदस्य राष्ट्रबीच रहेको जनस्तरको सम्बन्धलाई आर्थिक विकासमा रुपान्तरण गर्नुपर्ने बताउँदै उहाँले श्रीलंकासंग दुई पक्षीय व्यापारको थप सम्भावना खोजी गरिने बताउनु भयो । यसअघि श्रीलंकाका आर्थिक विकास उपमन्त्री मुट सिभालिंगमले विमानस्थलमा मन्त्री कोइरालाको स्वागत गर्नुभएको थियो । त्यसैगरी, श्रीलंकाका लागि नेपाली राजदूत सुशीलचन्द्र अमात्य र श्रीलंकाका कुटनीतिक अधिकारीहरुको समेत उपस्थिति थियो ।

शुक्रबारदेखि शुरु हुने अर्थमन्त्री स्तरीय बैठकमा दक्षिण एशिया क्षेत्रमा दीर्घकालिन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी हुनेछ । यसैगरी बैठकले लगानी प्रवर्द्धन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिनेछ । विश्वले झेलिरहेको वित्तिय संकटबाट यसक्षेत्रलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि अर्थमन्त्रीहरुले छलफल गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment