Comments Add Comment

एसएमएस मार्फत इभिडियो डाटा प्याकेज प्राप्त हुने

१३ भदौ, काठमाडौं । नेपाल टेलिकमले आइपी सीडीएमए प्रविधिको इभिडियो सेवामा नयाँ भोल्यूम बेष्ड डाटा प्याकेज ल्याएको छ । भदौ १६ गतेदेखि लागु हुने उक्त डाटा प्याकेज एसएमएस मार्फत सहज रुपमा प्राप्त गर्न सकिने छ ।

सीडीएमएका ग्राहकहरुले आवश्यक रकम रिचार्ज गरेर आफुलाई चाहिलने डाटा प्याकेज १४५६ मा एसएमएस पठाएर खरिद गर्न सक्ने टेलिकमले जनाएको छ । टेलिकमले ५०० एमबी, २ जीबी, ५ जीबी र १० जीवी गरि ४ प्रकारका डाटा प्याकेज ल्याएको छ ।

यस्तो छ डाटा प्याकेज

Evedio-Data

सीडीएमए सेवाका ग्राहकहरुले इभिडियो सेवामा आफुले प्रयोग गर्न बाँकी रहेको डाटा भोल्यूम तथा भेलिडिटी पिरियड ‘बीएल’ टाइप गरि १४५६ मा एसएमएस पठाएर थाहा पाउन सक्ने टेलिकमले जनाएको छ । त्यस्तै, ग्राहकहरुले ‘हेल्प’ टाइप गरी १४५६ मा एसएमएस पठाएमा सिष्टमबाट नै एसएमएस गर्ने तरिकासहितको म्यासेज समेत प्राप्त गर्न सक्नेछन् । टेलिकमका अनुसार यो एसएमएस सेवा निःशुल्क प्रयोज गर्न सकिने छ ।

टेलिकमले हाल इभिडियो डाटा नचल्ने पुराना रिम कार्डहरुलाई इभिडियो चल्ने रिममा निःशुल्क परिवर्तन गर्ने व्यवस्था गरेको बताएको छ । त्यस्तै, ग्राहकहरुले इभिडियो सेवाको रिम कार्ड प्रयोग गरी भ्वाइस सेवाका साथै सीडीएमए स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप, ट्याबलेट तथा इभिडियो डंगोलमार्फत ३.१ एमबीपीएस क्षमतामा इन्टरनेट चलाउन सक्ने बताइएको छ ।

अहिले टेलिकमले इभिडियो सेवालाई बण्डलिङ गरेर बिक्री वितरण गरिरहेको छ । बण्डलिङ मार्फत उपलब्ध हुने यो सेवा ग्राहकहरुले २ हजार २ सय रुपैयाँ भुक्तानी गरेर खरिद गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकले १ जीबी मेमोरी सहितको इभिडियो डंगोल, एक सय रुपैयाँको टक भेलु तथा मासिक १ जीबी डाटाको दरले ३ महीनासम्मको लागि ३ जीबी डाटा भएको रिम कार्ड प्राप्त गर्नेछन् ।

टेलिकमले हाल १२ अञ्चलका ४८ जिल्लाका सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा इभिडियो सेवा सञ्चालनमा ल्याइसकेको छ । कम्पनीलेे इभिडियो सेवालाई ‘स्काइ प्रो’ को ब्राण्डमा बिक्री वितरण गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment