Comments Add Comment

मुख्यमन्त्रीले दार्जीलिङका आन्दोलनकारीलाई भन्छिन्-अझ के चाहियो ?

१४ भदौ, काठमाडौं । पश्चिम बंगालकी मूख्यमन्त्री ममता बेनर्जीले छुट्टै गोरखाल्याण्ड राज्य कुनै हालतमा नदिने बताउनुभएको छ । गोरखाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा आन्दोलन भइरहेका बेला बेनर्जीले बंगाल अखण्ड रहने बताउनुभयो ।

mamataराजनीतिक स्वार्थ पूरा गर्न पहाड (दार्जीलिङ) मा अशान्ति सिर्जना गरिएको भन्दै उहाँले भन्नुभयो -‘दार्जीलिङ पहाडमा शान्ति थियो । थर, राजनीतिक स्वार्थ पूरा गर्न पहाडमा अशान्ति सिर्जना गरियो । कुनै कुनै राजनीतिक दलले दार्जीलिङको एउटा लोकसभा आसनका निम्ति पहाडको विकास ठप्प पार्ने षड्यन्त्र गर्दैछ ।’ पहाडमा अशान्ति सिर्जना हुनुमा राजनीतिक सहयोग रहेको भन्दै उहाँले आम जनताको दोष नभएको बताउनुभयो । उहाँले आन्दोलनका कार्यक्रम फिर्ता लिन समेत आग्रह गर्नु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

गोरखा टेरिटोरियल एडमिनिष्ट्रेसन (जीटीए) गठन गर्दा पहाडबासीको अधिकांश आकांक्षा पूरा गरिएको भन्दै उहाँले भन्नुभएको छ- ‘जीटीएको अर्थ गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन हो । गोरखाल्याण्ड त नाममै छ, प्रशासनिक क्षमता पनि जीटीएको हातमा दिइएको छ ।’ शिक्षा, भूमि, स्वास्थ्य, आवास, सय दिनको रोजगारी सबै दिइएको भन्दै उहाँले पहाडका २ सय १ सरकारी कार्यालय बाहेक ९८ प्रतिशत जीटीएलाई दिएको दाबी गर्नुभयो । दार्जीलिङ पहाड बंगालमै रहने भन्दै मूख्यमन्त्री ममताले भन्नुभयो-‘जीटीएमा गोरखाल्याण्ड शब्द पनि सामेल छ, करोडौं रुपैयाँ दिइएको छ । के दिइएन ? भन्नुहोस, तिनीहरुलाई अझ के चाहियो ? । नाम गोरखाल्याण्ड माग्यो, गोरखाल्याण्ड दियौं, छुट्टै राज्य कसरी हुन्छ ? बंगाल अखण्ड रहनेछ ।’

जीटीए प्रमुख पदको चुनावबारे बनर्जीले मनोनितलाई नभई निर्वाचितलाई प्रमुख बनाउनुपर्ने बताउनुभयो । उहाँले ४ सेप्टेम्बरमा हुने चुनावमा भाग लिन जीटीएका सभासदहरुलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment