Comments Add Comment

खपाङ्गीको उपचारार्थ एनआरएन ब्रुनाईबाट एक लाख

१४ भदौ, काठमाण्डौ । पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको उपचारार्थ ब्रुनाईबाट एक लाख १० हजार सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाली सङ्घ, ब्रुनाई राष्ट्रिय समन्वय समिति तथा गोर्खाली नेपालीबाट उक्त रकम प्राप्त भएको हो । सङ्घका केन्द्रीय महासचिव तेन्जी शेर्पाले एनआरएन केन्द्रीय समितिको कार्यालय काठमाण्डौमा खपाङ्गी उपचार समिति नेपालका अध्यक्ष डा शङ्कर लिम्बूलाई चेक हस्तान्तर गर्नुभएको विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो ।

एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गत वैशाख १२ गते राष्ट्रिय सभागृह नजिक खपाङ्गीलाई मोटरसाइकलले ठक्कर दिँदा अचेत हुनुभएकामा अझै पनि अचेत अवस्थामै सिंगापुरमा उपचार भइरहेको छ । उहाँको उपचारका लागि अझै रु ६० लाख आवश्यक पर्ने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment