Comments Add Comment

प्रजातान्त्रिक शक्तिहरु मिलेर चुनावमा जाने सूर्यबहादुरको प्रस्ताव

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाबीच भेटवार्ता भएको छ ।

कोइराला निवास महाराजगञ्जमा भएको भेटमा थापाले आगामी चुनावमा प्रजातान्त्रिक शक्तिहरुबीच एकता गरेर जाने प्रस्ताव राख्नु भएको थियो । जवाफमा कोइरालाले लोकतान्त्रिक शक्तिहरुसँग तालमेल गरेर जान कांग्रेस तयार रहेको बताउनु भएको छ ।

भेटमा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, बैद्य माओवादीसहितका असन्तुष्ट दलहरुसँगको सहमति प्रयासबारे समेत छलफल भएको थियो । सबैलाई समेटेर जानु पर्ने र भयसहित वातावरणमा चुनाव गर्नु पर्नेमा थापाले जोड दिनु भएको राप्रपा केन्द्रीय सदस्य किरण गिरीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

राजनीतिक समितिका संयोजक समेत रहेका कोइरालाले सहमतिको प्रयास जारी रहेको तर, चुनाव मंसिर ४ मै हुनु पर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment