Comments Add Comment

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

१५ भदौ, काठमाडौं । काठमाडौंमा शनिबारबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २–० ले पराजित गर्दै सुखद सुरुवात मात्र गरेन, एएफसी च्यालेन्ज कपमा व्यहोरेको २–० को हारको बदला समेत लिएको छ ।

final-1त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुवाटै आक्रमक खेल प्रस्तुत गरेको थियो । एकपछि अर्को गर्दै बंगलादेशको पोष्टमा धाबा बोलेको नेपाल १८ औं मिनेटमा सफल भयो । अनिल गुरुङले भोला सिलवालको पासमा हेडगोल गर्दै उत्कृष्ट गोल गरेका हुन् । अन्तराष्ट्रिय फुटबलमा अनिलको यो ८ औं गोल हो । पछिल्लो समय खराव प्रदर्शन गरेको भन्दै आलोचना हुँदै आएका अनिल शनिबार भने उत्कृष्ट फर्ममा देखिएका थिए । उनले २००७ मा ओमानविरुद्ध डेब्यू गरेका थिए । २३ औं मिनेटमा अनिलले अर्को मौका गुमाए ।

यो पनि पढ्नुस्

नेपालले यसरी बदला लियो बंगलादेशसँग (फोटो फिचर)

खेलको ३१ औं मिनेटमा भरत खबासले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनको पनि यो आठौं गोल हो । एक पछि अर्को गर्दै बंगलादेशमाथि दबाव कायम गरेको नेपालले पहिलो हापमा थप गोल गर्न सकेन । दोस्रो हापमा भने बंगलादेशले सुधारिएको प्रदर्शन गरेको थियो । तर, नेपालले आक्रमण खेललाई जारी राख्यो । अनिलको प्रहार बंगलादेशका रक्षकले मुस्किलले बताए । अन्तिमतिर जुमानु राईलाई मैदान उतारेर नेपालले तीन फवार्डलाई समेत खेलाएको थियो ।

खेलको ८३ औं मिनेटमा रोहितले दुई सुन्दर मौका गुमाए । जुमानु र अनिलको वान टच पासमा रोहितलाई गोलको सुन्दर मौका दिइएको थियो । तर, उनी सफल भएनन् । खेलेको अन्त्यतिर पनि उनको अर्को प्रहार बंगलादेशका गोलरक्षकले रोके । त्यसपछि पछि जुमानुको प्रहार उनले रोकेका थिए । खेलमा भरत खबास म्यान अफ दि म्याच घोषित भएका छन ।

प्रकाशको डेब्यू

बंगलादेशविरुद्धको खेलमा प्रकाश बुढाथोकीले डेब्यू गरेका छन् । उनी ६३ औं मिनेटमा जगजित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका हुन् । बंगलादेशविरुद्धको खेलमा सबै टिकट विक्रि भएको छ । झण्डै १८ हजार दर्शक रंगशाला पुगेका थिए । साधारणतर्फ ४४ लाख र विशिष्ट प्याराफिटतर्फ १६ हजार गरी करिव ६० लाखको टिकट विक्रि भएको एन्फाले जनाएको छ ।

लाइभ अपडेट

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment