Comments Add Comment

विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि टिम घोषणा

गौतम, मनिस, आयुष, सुरज, कमल र विशाल पहिलो पटक सिनियर टिममा

४ जेठ, काठमाडौं । फिफा विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले मंगलबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा केही सरप्राइज समेत रहेको छ ।

अलमुताइरीले गत चैतमा थ्री नेशन्स कप जितेको टिममा १३ खेलाडी परिवर्तन गरेका छन् । उनले टिममा युवा खेलाडीहरुलाई मौका दिएका छन् ।

फरवार्ड भरत खवास, रन्जित धिमाल लगायत खेलाडी टिम बाहिर रहेका छन् ।

यस्तै आयुष घलान, सुरज जेउ ठकुरी, कमल थापा, मनिस डाँगी, गौतम श्रेष्ठ, विशाल सुनार पहिलो पटक राष्ट्रिय टिममा परेका छन् भने आशिष लामा र सुमन लामाले कमब्याक गरेका छन् । यस्तै थ्री नेशन्स कपमा टिममा पर्न नसकेका पुजन नगरकोटी, सन्तोष तामाङ र नवयुग श्रेष्ठले पनि कमब्याक गरेका छन् ।

नेपाल सुपर लिगपछि अलमुताइरीले ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । त्यसबाट भरत र रन्जतिसँगै अमित तामाङ, सेसेहाङ आङदम्बे, रविशंकर पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ बाहिरिएका हुन् ।

नेपालले यही मे २९ मा इराकसँग बास्रा इन्टरनेशनल स्टेडियममा मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि तीन वटा विश्वकप छनोटका खेलहरु खेल्नेछ । नेपालले जुन ३ मा चाइनिज ताइई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment