Comments Add Comment

प्रचण्डविरुद्ध खनिए पूर्वलडाकू, भष्टाचारको आरोप ‘क्लिन चिट’ दिन दवाव

१६ भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई अहिले पूर्वजनमुक्ति सेनाका आङ्खनै कमान्डरहरूले घुक्र्याउन थालेका छन् । शिविरभित्र भएको आर्थिक हिनामिनाका सवालमा आफूहरूमाथि लागेको भ्रष्टाचारको आरोपमा ‘क्लिन चिट’ दिने आश्वासन दिए पनि अझै सोअनुरूपको काम नभएको भन्दै उनीहरूले दाहाललाई घुक्र्याउन थालेका हुन् । स्रोतका अनुसार केही कमान्डरले पार्टी जिम्मेवारीको अवज्ञा गरेर दाहाललाई चुनौती दिन थालेका छन् भने केहीले आगामी निर्वाचनमा आपूmहरू उम्मेदवार नबन्ने र पार्टीका उम्मेदवारलाई पनि असहयोग गर्ने चेतावनी दिइरहेका छन् ।

prachandaएकीकृत माओवादीका केन्द्रीय सदस्यसमेत रहेका तत्कालीन डिभिजन कमान्डर धनबहादुर मास्की ‘राजेश’ र कालीबहादुर खाम ‘विविध’ले पार्टी जिम्मेवारीको अवज्ञा गरेका हुन् भने अन्य कमान्डरहरूले निर्वाचनमा असहयोग गर्नेसम्मको चेतावनी दिइरहेका छन् । खाम र मास्कीले पार्टीले सञ्चालन गरेको एकमहिने जनसम्बन्ध सुदृढीकरण अभियानदेखि जारी केन्द्रीय समिति बैठकसम्ममा सहभागिता नजनाई पार्टी जिम्मेवारीको अवज्ञा गरेका छन् । अभियानका क्रममा खामलाई काठमाडौं क्षेत्र नम्बर–८ र मास्कीलाई सप्तरी क्षेत्र नम्बर–५ मा खटाइएको थियो ।

प्रहरीको वान्टेड सूचीमा समेत रहेका खामलाई नेता अमिक शेरचनले सम्हालेको काठमाडौं–८ मा जिम्मेवारी तोकिएको थियो । अभियानका क्रममा कार्यक्षेत्र गए पनि तेजबहादुर वली, महेन्द्रबहादुर शाहीलगायतले भने आफुहरूमाथि लागेको आरोपमा ‘क्लिन चिट’ नदिएमा निर्वाचनमा असहयोग गर्ने बताउन थालेका छन् । माओवादीका तत्कालीन सात डिभिजन कमान्डरमध्ये मास्की, वली, शाही र खाम बढी विवादमा तानिएका थिए । सुकबहादुर रोका, सन्तु दराई र यमबहादुर अधिकारी भने अन्य चार कमान्डरको तुलनामा अलिक इमानदारमा गनिएका थिए । जसमध्ये अधिकारी अहिले नेपाली सेनाका अधिकृतमा समायोजन भएका छन् ।

२०६९ साउनमा काठमाडौंको भृकुटीमण्डपमा भएको विस्तारित बैठकमा शिविरभित्र व्यापक मात्रामा आर्थिक हिनामिना भएको भन्दै छानबिन गर्नुपर्ने चर्को आवाज उठेपछि एमाओवादीले नेता पोष्टबहादुर बोगटीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । जसको प्रतिवेदन उसले अहिलेसम्म गोप्य राखेको छ । स्रोत भन्छ, ‘त्यसबेला अध्यक्ष दाहालले सातैजना डिभिजन कमान्डरलाई बोलाई छानबिन समिति गठन गर्ने, त्यसलाई काम गर्न सहज पार्नका लागि कमान्डरहरूले सामूहिक राजीनामा दिने र त्यसको केही समयमा नै पार्टीको आवश्यकतामा नै कमान्डरहरूले रकम हेडक्वार्टरलाई बुझाएकाले कमान्डरहरू निर्दोष रहेको भन्दै ‘क्लिन चिट’ दिने आश्वासन दिएका थिए । ‘त्यसपछि नै कमान्डरहरूले सामूहिक राजीनामा दिएका हुन्,’ एक डिभिजन कमान्डरले नाम उल्लेख नगर्ने सर्तमा राजधानीसँग भने, ‘त्यसयता न अध्यक्षले ‘क्लिन चिट’ दिने काम गरे, न त पार्टी भूमिकामा नै महŒवपूर्ण जिम्मेवारी दिए ।’ खाम र मास्कीले यसअघिको केन्द्रीय समिति बैठकमा पार्टीकै निर्देशनमा आफुहरूले शिविरभित्र उठाएको रकम हेर्डक्वार्टरमा बुझाएकाले आपूmहरूलाई दोषी देखाउन नमिल्ने भन्दै कडा रवैया देखाएका थिए । मास्कीले छानबिन समिति गठन भइसकेपछि केही रकम पार्टी हेर्डक्वार्टरमा बुझाएको र त्यसलाई पनि लुकाइएकाले उनी दाहालसँग असन्तुष्ट बनेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment