Comments Add Comment

वाइसिएलको बन्दसत्रमा १३ समूह गठन

१६ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को बन्दसत्र आइतबारबाट सुरु भएको छ ।

प्रज्ञा भवनमा सुरुभएको बन्द सत्रमा लिगका संयोजक गणेशमान पुनले राजनीतिक, साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवेदनमा छलफल गर्न १३ वटा समूह बनाइएको वाइसिएल नेवाः राज्य समितिका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिनुभयो ।

बन्दसत्रले निर्धारण गरेको समूहले राजनीतिक, साङ्गठिक प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्ने छ । अधिवेशनले संगठनलाई अध्यक्ष प्रणालीमा लैनानेछ । स्रोतका अनुसार संयोजक पुन नै अध्यक्ष बन्ने पक्का छ ।

वाइसीएलको अधिवेशनले उत्पादन, निर्माण तथा व्यवस्थापनको विशेष कार्ययोजना तय गर्ने छ । वाइसीएलले निजी सार्वजनिक साझेदारी पीपीपी मोडलमा उत्पादन थाल्ने योजना बनाएको छ । साथै संविधानसभा निर्वाचनलाई सफल बनाउन ‘एक बुथ दुई सय युथ’ को नारा अगाडि सारेको छ अधिवेशनमा देशभरबाट १ हजार ८ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment