+
+
Shares

माछा निर्यातमा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते ११:५४

१६ भदौ, वीरगन्ज । वीरगन्ज भन्सार नाकाबाट ताजा माछाको निर्यातमा ६ सय ४१ प्रतिशतले वृद्धि भएको छ अघिल्लो आर्थिक वर्ष २०६८/६९ को तुलनामा गत वर्ष सो वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा तीन करोड ७० लाख ९९ हजार रुपैयाँ मूल्यबराबरको १० लाख ८७ हजार ४५ किलोग्राम ताजा माछा निर्यात भएकामा गत वर्ष त्यसमा वृद्धि भई २७ करोड ५० लाख २९ हजार रुपैयाँ मूल्य बराबरको ४१ लाख ५२ हजार ४ सय ९८ किलोग्राम ताजा माछा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

“माछाको निर्यातमा आएको वृद्धिसँगै यसबाट राजस्व असुलीमा समेत उल्लेखनीय वृद्धि भएको छ”-वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामहरि अर्यालले भन्नुभयो-”ताजा माछाको निर्यातवाट गत वर्ष रु ३२ करोड २२ लाख राजस्व असुली भएको हो ।” यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ५८४ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा ताजा माछाको निर्यातबाट पाँच करोड ५२ लाख रुपैयाँ मात्र राजस्व असुली भएको थियो । रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?