Comments Add Comment

आयल निगमको मासिक घाटा डेढ अर्ब नाघ्यो

१७ भदौ, काठमाडौं । नेपाल आयल निगमको मासिक घाटा १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले आइतबार पठाएको नयाँ मूल्य सुचीअनुसर निगमको मासिक घाटा ५५ करोड ७२ लाख रुपैयाँले बढेर डेढ खर्ब नाघ्ने प्रक्षेपण गरिएको हो । यसअघि आईओसीले पठाएको मूल्य सुचीअनुसार निगमको मासिक घाटा १ अर्ब ६ करोड ४४ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको थियो ।

nocआयल निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीका अनुसार यो घाटा निगमले गरेको अनुमानभन्दा निकै बढी हो । नयाँ मूल्यअनुसार निगमलाई आगामी महिना पेट्रोलमा पनि प्रतिलिटर ९९ सय पैसा घाटा हुने देखिएको छ । पेट्रोलमा निगमलाई १ करोड ७८ लाख रुपैयाँ घाटा हुने छ । त्यस्तै, डिजेलमा ९४ करोड ५२ लाख रुपैयाँ मासिक नोक्सानी हुने अनुमान गरिएको छ । निगमले डिजेलमा प्रतिलिटर १३ रुपैयाँ ९० पैसा घाटा बेहोर्नुपर्ने छ ।

ग्यासमा निगमको मासिक घाटा ८८ करोड रुपैयाँ पुगेको छ । नयाँ मूल्यअनुसार निगमलाई ग्यासमा प्रतिसिलिण्डर ६२८ रुपैयाँ ६० पैसा घाटा हुनेछ । मट्टितेल र हवाई इन्धनमा निगमलाई सामान्य नाफा हुने देखिएको छ । मट्टितेलमा ६३ लाख रुपैयाँ र हवाई इन्धनमा २१ लख ५१ हजार रुपैयाँ नाफा हुनेछ । मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ १० पैसा र हवाई इन्धनमा प्रतिलिटर ४२ रुपैयाँ ९२ पैसा नाफा हुने अनुमान गरिएको छ ।

निगमका अनुसार नेपालमा मासिक पेट्रोल १८ हजार किलोलिटर, डिजेल ६८ हजार किलोलिटर, मट्टितेल ३ हजार किलोलिटर, हवाई इन्धन १० हजार किलोलिटर र ग्यास १४ लाख सिलिण्डर खपत हुँदै आएको छ ।

आयल निगमले आईओसीलाई करिब १ अर्ब ५० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । डलरको मूल्यमा भएको व्यापक उतार–चढावले पेट्रोलियम पदार्थको मूल्य बढ्न गएको निगमको भनाई छ । निगमले यो घाटा बेहोर्न नसक्ने अवस्थामा रहेको बताएको छ । भारतमा पछिल्लो समय अर्थतन्त्र कमजोर बन्दै गइरहेको बेलामा आईओसीले तत्काल बक्यौता रकम माग गर्न सक्ने सम्भवना रहेको बताउँदै निगमले त्यसो भएमा आपूर्ति सहज गराउन कठिनाई हुने शंकेत देखाएको छ ।

निगमसँग ७२ हजार किलोलिटर भण्डारण क्षमता रहेपनि अहिले जम्मा २० किलोलिटर इन्धन जगेडा रहेको छ । चाडपर्वमा पेट्रोलियम पदार्थको सहज आपूर्ति मिलाउन निगमले अर्थमन्त्रालयसँग ४ अर्ब रुपैयाँ माग गरेपनि अझै दिएको छैन् । यहि अवस्था रहेमा चाडपर्वमा पेट्रोलियम पदार्थको समस्या हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment