Comments Add Comment

उच्चस्तरीय समितिले चुनावी वातावरणको समिक्षा गर्ने

१८ भदौ, काठमाण्डौं । दलहरुले चालेको चुनावी अभियानको समिक्षा गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ । साँझ ६ बजेपछि समितिको कार्यालय नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचनको विपक्षमा रहेका दलहरुलाई सहमतिमा ल्याउन चाल्ने कदमका बारेमा छलफल हुनेछ । जस अन्तर्गत भंग भएको नेकपा-माओवादीसँगको वार्तालाई निरन्तरता दिने बारेमा नेताहरुले छलफल गर्ने छन् । माओवादीको माग अनुसार आफूहरु केही लचक भएर माओवादीलाई वार्तामा ल्याउन प्रयास गरिने नेताहरुले बताएका छन् ।

त्यस्तै बैठकले संघीय समाजबादी पार्टीसँग भएको छलफल र सहमतिलाई औपचारिक रुप दिने तयारी गरेको छ । संघीय समाजबादीसँग भएको वार्ता सकारात्मक भएपनि औपचारिक सहमति हुन सकेको छैन् ।

त्यस्तै निर्वाचनको लागि अभियान थालेका दलहरुले चालेको कमद र निर्वाचनको समिक्षाका बारेमा पनि बैठकमा दलहरुबीच छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment