Comments Add Comment

हमाल र ओलीको राजनीतिले माहोल तताउने आशा

नेपाली सिनेमा बजार फेरी एकपटक जुरमुराएको भान धेरैले गरेका छन् । चलचित्र ‘होस्टेल’को बम्पर ओपनिङ, सकारात्मक पव्लिसिटीले फेरी एकपटक हलसम्म दर्शक आउछन् कि भन्ने आशा गर्न थालिएको छ । उसो त यो आशा नेपाली चलचित्र ‘लूट’ र ‘चपली हाइट’ चल्दा पनि गरिएको थियो ।komal-oliयही भिडमा ‘होस्टेल’ पश्चात प्रदर्शनमा आउन लागेको नयाँ चलचित्र ‘राजनीति’बाट पनि गर्न थालिएको छ । देशको अन्यौलग्रस्त राजनीतिक परिस्थिती, जनतामा देखिएको निराशा र निराशालाई शक्तीमा बदल्न गरिएको आह्वानका कारण पनि सिंगल स्त्रिmनमा ‘राजनीति’ सफल हुने विश्वास गरिएको हो ।

बसन्त निरौलाको निर्देशनमा दिपक सुवेदी र हरि पन्तले निर्माण गरेको यो सिनेमामा राजेश हमाल, कोमल वली, पवित्रा आचार्य, दिपक सुवेदीको अभिनय छ । चलचित्रको बिषयबस्तुलाई दर्शकहरुले गरिरहेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रका निर्देशक बसन्त निरौला ‘राजनीति’ले जनतालाई जागरुक बनाउनुको साथमा एक भएर अघि बढ्न आग्रह पनि गर्ने बताउछन् । नेपालको राजनीतिक अवस्थाको बारेमा निक्कै कम सिनेमा बनिरहेको समयमा ‘राजनीति’ एउटा चुनौती पनि रहेको विश्लेषण धेरैको छ । तर पनि सिनेमाले जनताको मन जित्ने तर्क निर्माणपक्षको छ । यो चलचित्र भदौ २८ गतेबाट प्रदर्शनमा आउदैछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment