+
+
Shares

चार दलको बदमासीमा ल्याप्चे लगाउँदैनौं : बैद्य

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते १३:२१

१९ भदौ, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले अहिले सत्ताधारीहरुले द्वन्द्व निम्त्याउने कार्य गरिरहेको दावी गरेका छन् ।

बुधबार कवि भगवानचन्द्र ज्ञवालीद्धारा लिखित ‘वीरभूमि’ खण्डकाब्यको विमोचन गर्दै उहाँले भन्नुभयो-‘हामी चार दलले गरेको बदमासीमा ल्याप्चे लगाउँदैनौं । लोकतन्त्रमा पक्ष र विपक्ष हुन्छन् यहाँ त विपक्षको मतको कुनै कदर नै भएन ।’

वैद्यले आफुहरुले वार्ताको बाटो नछोडेको र संघर्षलाई जारी राखेको बताउनुभयो । उहाँको भनाई छ-‘हामी नयाँ निष्कर्ष निकाल्न नयाँ आधारमा निकाल्न आवश्यक छ भन्ने मान्यता राख्दछौं ।’

आफ्नो बोलीलाई जंगेको बोलीको रुपमा बुझ्न लगाउने केही नेताहरुको ब्यवहार फासीवादी तरिका भएको चर्चा गर्दै उहाँले सेना परिचालन गरेर चुनाव गराउने कुरा सपनामा पनि नदेख्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो-‘त्यसो भए संघर्षकै बीचबाट नयाँ संविधान बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?