Comments Add Comment

यती एयरलाइन्स र लायन्सबीच सम्झौता सम्पन्न

२० भदौ, काठमाडौं । यती एअरलाइन्स र लायन्स क्लब डिस्ट्रिक ३२५ बीच एक सम्झौता सम्पन्न भएको छ ।

yati and lions

‘यती जस्तो विश्वसनीय तथा भरपर्दो एअरलाइन्ससँग यो सम्झौता गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ, यती एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जसरी समाज सेवामा आफ्नो योगदान पुर्याइरहेको छ, त्यसबाट प्रभावित भएर हामी यो सम्झौता गर्ने निर्णयमा पुगेका हौं’, १२ हजार सदस्य संख्या रहेको लायन्स क्लब डिस्ट्रिक ३२५ का मल्टिपल काउन्सिल अध्यक्ष्य दिपक श्रेष्ठले भन्नु भयो ।

‘सामाजिक संस्थाहरुसँग हातेमालो गरेर जाने कार्यमा सदैव सकारात्मक रहेको यती एअरलाइन्सेल लायन्स क्लब जस्तो प्रतिष्ठित संस्थासँग सम्झौता गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ, यात्रुहरुको सुरक्षित यात्रा हाम्रो उद्देस्य हो र सुरक्षाको साथ साथै हामी हाम्रा यात्रुहरुलाई उत्कृष्ट सेवा दिन पाइरहेकोमा हामीलाई गर्व छ’,  यती एअरलाइन्सका समूह वित्तिय निर्देशक अनोज रिमालले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment