Comments Add Comment

प्रभुबाट रकम पठाउनेलाई कार उपहार

२० भदौ, काठमाडौ । प्रभु मनि ट्रान्सफरले दशैं तिहार र छठ पर्वको अबसरमा बम्पर उपहार योजना सार्वजनिक गरेको छ । बिहीबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलन गरी प्रभु मेजेनमेन्ट कम्पनीबाट सेन्ट्रो कारसहितको उपहार योजना सार्वजनिक गरिएको हो ।

pravu group

‘प्रभुको पास लिउँ, महान चाड दशैं, तिहार र छठ हर्ष उमंगका साथ मनाउँ’ भन्ने नाराका साथ अघि सारिएको उपहार योजना अन्तरगत सेप्टेम्बर ९ देखि नोभेम्बर ९ सम्मको अवधिमा प्रभु मनि ट्रान्सफर मार्फत देशभित्र वा बाहिर संसारको जुनसुकै कुनाबाट रकम पठाउँदा रकम पठाउने व्यक्ति बम्पर उपहारमा सोझै सहभागी हुनेछ ।

यसअन्तरगत उक्त अवधिभित्र पैसा पठाउने व्यक्तिमध्ये एक जनालाई सेन्ट्रो कार उपहार प्रदान गरिने छ भने २१ दिनको अन्तरमा एकजनालाई एक केजी सिल्भर उपहार दिइने छ । यसरी उपहार प्रदान गरिने एक केजी सिल्भर र कारको विजेताको नाम मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलन गरी चिठ्ठा खोली विजेताको नाम घोषणा गरिने बताइएको छ ।

त्यसैगरी २ जनालाई पोखराको एयर टिकट तथा मोबाइल र हरेक दिन पाँच सय बराबरको रिचार्ज कार्ड पनि उपहारमा राखिएको छ । कार्यक्रममा प्रभु ग्रुपका मार्केर्टिङ डाइरेक्टर दक्ष पौडेलले पर्वको अवसरमा यो बम्पर योजना ल्याइएको बताउनुभयो । उहाँले हाल प्रभु मनि ट्रान्सफरले ३४ सय ठाउँबाट रेमिट्यान्सको कारोबार गरिरहेको तथा मासिक ४ लाख नेपालीले यो सेवा लिइरहेको जानकारी पनि गराउनुभएको थियो ।

कार्यक्रममा प्रभु ग्रुपका निर्गुनप्रसाद भट्टचन, मुनालजंग कार्की र कुशुम लामाले प्रभु ग्रुपका बारेमा जानकारी गराउनुभएको थियो । प्रभु मनि ट्रान्सफरले आफ्नो १२ वर्षको यात्रामा आइपुग्दा हाल ४ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कूल साडे ८ अर्ब डिपोजिट रहेको प्रभुले प्रभु कोअपरेटिभ मार्फत पनि आफ्नो सेवा उपलव्ध गराउँदै आएको छ । कार्यक्रममा केही समय पछि नै प्रभु विकास वैंक राष्ट्रिय स्तरको बैंकका रुपमा स्थापित हुने जानकारी पनि गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment