+
+
Shares

क्रान्तिकारीका १५ नेता उम्मेदवारमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २० गते ९:५९

२० भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका विभिन्न नेता आगामी संविधानसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् ।

क्रान्तिकारीले पत्रकार सम्मेलन गरेर मुलुकभर १५ निर्वाचन क्षेत्रमा आफ्ना नेताहरु उम्मेदवार सिफारिस भएको जनाएको हो । क्रान्तिकारीका अनुसार अध्यक्ष हिमाल शर्मा, जागृत रायमाझी, रमेश मल्ल, निशा साह, सन्दिप कुँवर, विन्दमान विष्ट, नरेन्द्र न्यौपाने, अनिल शर्मा, तेजकुमारी पौडेल, अइन्द्र वेघा र ललित घलानको नाम पार्टीले सिफारिस गरेको छ । त्यसैगरी रमेश धामी, गङ्गाराम तिमल्सेना, राजीव घिमिरे र मदन चुडालको पनि नाम प्रस्ताव गरिएको छ ।

अध्यक्ष शर्माले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक हजार ‘स्टुडेन्ट भोलेन्टीयर्स’को पूर्णकालीन टोली परिचालन गरिने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?