+
+
Shares

बाबुको स्मृतिमा गुरूकुललाई पाँच लाख दान

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते ३:२२

२१ भदौ, इलाम । बाबुको मुख हेर्ने दिन पारेर इलाम नगरपालिका-२ का चन्द्र भट्टराई र दिव्या भट्टराई दम्पतीले बरबोटेमा रहेको सप्तमाई गुरूकुल वाङ्मय अध्ययन अनुसन्धान केन्द्रलाई पाँच लाख रुपैयाँ दान गर्नुभएको छ ।

एक कार्यक्रमबीच भट्टराई दम्पतीले केन्द्रलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

कुशेऔंशीको अवसर पारेर उहाँहरूले आफ्ना स्वर्गीय बाबु धनपति भट्टराई र माता शान्ता भट्टराईको स्मृतिमा केन्द्रको भवन निर्माणका लागि उक्त रकम दिनुभएको हो ।

चार महिना अगाडि अध्ययन केन्द्रमा जानुभएका दानवीर चन्द्र भट्टराईले भाटाको टाटीले बारेर अध्ययन गरिरहेका संस्कृतका विद्यार्थीलाई देखेपछि आफूमा सहयोग गर्ने सोच आएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी सुमन घिमिरेले फोनबाट कुरा गरेपनि बाबुलाई भेट्न नपाएको भन्दै सम्झना स्वरुप केन्द्रलाई एक महिनाको तलब प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?