Comments Add Comment

‘दुई दिनको काम अब एक दिनमै गर्नुपर्छ’

२१ भदौ, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दुई दिनको काम एक दिन र एक दिनको काम ६ घण्टामा झार्न सके मात्र निजामती सेवा दिवस मनाएको सार्थक हुने बताउनु भएको छ । निजामती सेवा दिवस २०७० का अवसरमा अर्थ मन्त्रालयले गरेको कार्यक्रममा उहाँले आफ्नो विगत सम्भिmएर आफूले आपै+mलाई सच्याउने दिनका रुपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।

राजनीतिकर्मी र सेवाग्राहीले कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको अनुभव सुनाउँदै मन्त्री कोइरालाले निवृत्त प्रशासकहरु नै सरकारमा रहेको वर्तमान अवस्थामा त्यो छवि सुधार्ने मौका भएको स्पष्ट पार्नुभयो ।

artha-mantri

उहाँले बद्लिदो अवस्थामा कर्मचारीलाई विगतजस्तो अविश्वास गर्ने अवस्था नरहेको बताउँदै यतिबेला कार्य सम्पादन अब्बल बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

अर्थ सचिव शान्तराज सुवेदीले काम भए या नभए पनि सेवाग्राहीको पीर मर्का सुन्ने संस्कृतिको विकास गर्न आग्रह गर्नुभयो ।

सवै कर्मचारी विश्वास गर्न लायक र सवै नालायक नरहेको बताउँदै सचिव सुवेदीले कार्यालयको काम घरायसी महत्वाकांक्षाबाट प्रभावित हुन नदिन सचेत गराउनु भयो ।

सो अवसरमा मन्त्रालयमा उत्कृष्ट काम गरेवापत कर्मचारी मधु थापा र सफाईमा संलग्न कर्मचारीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

यसअघि अर्थमन्त्री, सचिव, सहसचिवलगायत मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुले मन्त्रालय हातामा कुचो लगाएर सरसफाई गरेका थिए ।

Karmachari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment