Comments Add Comment

डलरको मूल्य १०५ रुपैयाँबाट ओर्लियो

Doller-Photo

२३ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्य आज आइतबार १०५ रुपैयाँभन्दा तल झरेको छ ।

भारतमा केन्द्रीय बैंकको नेतृत्व रघुराम राजनले सम्हालेपछि डलरको मूल्य वृद्धि रोकिएको हो । नेपाल र भारतबीच मुद्राको मूल्यमा स्थिर विनिमय दर कामय रहेको हुनाले त्यहाँ डलरको मूल्य बढ्दा यहाँ पनि बढ्ने गर्छ ।

नेपालमा डलरको बिक्री मूल्य १०९ रुपैयाँसम्म पुगेर १०५ रुपैयाँभन्दा तल झरेको हो । चार महिनाअघि डलरको बिक्री मूल्य ८७ रुपैयाँ रहेको थियो ।

आज एभरेष्ट बैंकले डलरको बिक्री दर १०४.६५ र खरिद दर १०४.०५ रुपैयाँ तोकेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले बिक्री दर १०४.६५ र खरिद दर १०३.५३ निर्धारण गरेको छ । त्यस्तै, नबिल बैंकले डलरको खरिद बिक्री त्यति नै तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment