Comments Add Comment

फत्तेमानको फोक्सोमा क्यान्सर

बरिष्ठ गायक फत्तेमान राजभण्डारीको फोक्सोमा क्यान्सर देखा परेको छ । उनको उपचारमा संलग्न सुदिप श्रेष्ठका अनुसार फोक्सोमा क्यान्सर देखिएपछि उनलाई काठमाण्डौको ओम हस्पिटल चाबहिलमा भर्ना गरिएको छ । उनको हस्पिटलको सघन कक्षमा उपचार भइरहेको छ ।fateman-rajbhandariगायक भण्डारीले ४ सय भन्दा बढि कालजयी गीत र भजनमा आवाज दिइसकेका छन् । राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न, यस्तो पनि हुँदो रहेछ , सान्नानीको गालैमा कालो कोठी रैछ, बनै खायो डडेलोले मनै खायो’ जस्ता Åदयस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् ।

वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सघाउन आग्रह गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment